अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लामा रहेको श्री मथुरा बृद्धाश्रम गोपेश्वर पीठको नवगठित कार्य समितिको बैठक सम्पन्न भएको छ ।
वाङ्लामा रहेको श्री मथुरा बृद्धाश्रम गोपेश्वर पीठको नवगठित कार्य समितिको पूर्व मन्त्री एवं वरिष्ठ समाजसेवी शान्ता मानबीको संयोजकत्वमा बैठक सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा पूर्व मन्त्री तथा सांसद टोप बहादुर रायमाझी, पूर्व सांसद तथा सप्ताह महायज्ञका अध्यक्ष डा. राम बहादुर बीसी, साहित्यकार ई. चन्द्राकान्त आचार्य, समाजसेबी नारायण भट्टराई , साहित्यकार एवं समाजसेवी हेमराज पाण्डे र युवा बयबसायी श्रीमती सुनिता अधिकारीक़ो सहभागिता रहेको थियो ।
सो कार्यक्रम काठमाडौं बुढ़ानीलकण्ठ स्थित होटेल पार्क भिलेज परिशर भित्र अवस्थित जापानीज रेस्टूरेण्ट होक्काइड़ो रामेन हाउसमा सम्पन्न भएको थियो ।