गरिव तथा विपन्नलाई खाद्यान्न वितरण गरी अर्घाखाँचीडट्कमका डिआरजी सुमनको जन्मदिन मनाइयो (फोटो सहित)

 दीपक भूसाल 
पाणिनी, अर्घाखाँची व्युरो रिपोर्ट  । १५ साउन २०७७ – अर्घाखाँची डट्कम । स्वतन्त्र र निष्पक्ष पत्रकारिता तथा निःस्वार्थ समाजसेवीको रुपमापरिचित नाम डिआरजी सुमन प्रया: नयाँ नयाँ महत्वपूर्ण कामवाट नै चर्चामा आउने गर्दछन । देश तथा विदेश जहाँ रहेता पनि समाजसेवार पत्रकारिताको क्षेत्रमा वेग्लै परिचय वनाउन सफल डिआरजी सुमन अर्घाखाँची जिल्ला पाणिनी गाँउ पालिका वडा नं ५ साविककोमैदान गाविस वडा नं ७ उपल्ला मसिनाको दुर्गम वस्तिमा जन्मिएका अतिगरीव घरपरिवारका व्याक्ति भएकै कारण पनि उनी दुःखीपिडितको सेवामा लागी रहेका हुन्छन । विक्रम सम्वत् २०४१ साउन १५ गते एक दुर्गम वस्तिमा जन्मिएका डिआरजी सुमनको हालकोवसाई सोही गाविसको वडा नं ५ स्थित मैदानको सुगम स्थानमा भएता पनि प्रया:आफ्नो जन्मदिनको अवसरमा नेपालमा भएको खण्डमाजुनसुकै हालतमा पनि दुर्गम स्थानमा रहेको जन्मस्थानमा पुग्ने गर्दछन । 
नेपालकै पहिलो अनलाइन अर्घाखाँची डटकम (अनलाइन तथा साप्ताहिक) पत्रिकाका समाचार सम्पादक,परराष्ट्र मामिला तथा व्युरोप्रमुख समेत रहेका डिआरजी सुमनकै पहलमा आफ्नै जन्म दिनको अवसरमा २०७३ साल साउन १५ गते अर्घाखाँचीमा स्वतन्त्र पत्रकारसंघ नेपाल को शाखा विस्तार भएको थियो । उनकै पहलमा देश विदेशका विभिन्न स्थानमा सामाजिक कार्य भईरहेका प्रमाण सर्वत्र छनभन्ने कुरा घामजस्तै छर्लंग छन । पाणिनी गाँउ पालिका मैं पहिलो पटक संचालित पाणिनी पर्यटन समाज अर्घाखाँची को एम्बुलेंस ल्याउनेकार्यमा पनि डिआरजी सुमन को ठुलो योगदान रहेको छ । नेपाली समाज चीलीका सस्थापक रहेका सुमन अन्तराष्ट्रीय अर्घाखाँचीसम्पर्क मन्चका संस्थापक महासचिव तथा निवर्तमान अध्यक्ष समेत रहेका थिए । अन्याय र असमानता को विरुद्ध को अभियान पिएसएमनेपालका सस्थापक तथा पाणिनी कलाकार कल्याणकारी समाजका अध्यक्ष सुमन कला संगीतका पनि पारखी मानिन्छन ।
डिआरजी सुमनले स्वतन्त्र पत्रकार संघ अर्घाखाँची जिल्ला शाखालाई जन्मदिनकै अवसरमा कार्यालयको लागी कार्यालय सामाग्रीसौजन्य गरेका मात्र छैनन् कुनैवेला अर्घाखाँचीकै दुर्गम स्थान मानिने सिद्धारामा रहेको विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारकाविद्यार्थीलाई स्टेशनरी सामाग्री सहयोग गरेका छन भने कहिले विभिन्न रोगले ग्रस्त रोगीलाई आर्थिक सहयोग समते गरेका छन भने विपन्नपरिवारलाई खाद्यान्न वितरण गरेर जन्मदिन मनाउने वानी परेकै कारण आफ्नो ३६ सौँ वार्षिकोत्सवमा पनि पाणिनी गाँउ पालिका वडा नं६ धातिवाॅङ स्थित दुई अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरी जन्मदिन मनाएका छन ।
उनको निःस्वार्थ भावना र पारदर्शि शैलीमा आधारित सामाजिक कार्यदेखी प्रभावित भई हाल दुवईमा रहेका अर्घाखाँची खाँचीकोट स्थायीनिवासी युवा समाजसेवी चिरन खड्काले आफ्नै नेतृत्वमा डिआरजी सुमन फैन्स कल्व समेत स्थापना गरेर सहयोगी भूमिका खेलेको छन।  लकडाउनको समयमा कल्वकै पहलमा अति विपन्न दुई घरपरिवारलाई खाद्यान्न समस्यामा परेको कारण पाणिनी गाँउ पालिका वडा नं५ मैदानका दुई परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । यस्तै केही समय पहिला सन्धिखर्क नगरपालिका को खाँचीकोटमा दुर्घटनापरि घाईते भएका एकजना युवालाई १३ हजार, भूमिकास्थान नगरपालिका स्थित नुवाकोटको मुटुरोगी वालिकालाई ८ हज़ार नगद तथापाणिनी गाँउ पालिका स्थित धातिवाॅङ का मिर्गौला पिडित वालकलाई ८ हजार नगद सहयोग गरेका युवाहरुको सामाजिक अभियाननिरन्तर जारी नै रहेको छ । यसै अभियानमा अर्घाखाँची जिल्ला भुनिकास्थान नगरपालिका नुवाकोट स्थिति राकेश रायमाझी को पनिसक्रिय सहभागिता रहेको छ ।
वर्तमान समयमा देश तथा विदेशमा उनको को निःस्वार्थ सामाजिक कार्यको सम्मान गरी विविध कार्यक्रम गरी केक काटेर जन्मदिनमनाउने समर्थकहरुको समुह पनि कम छैनन् यद्यपि डिआरजी सुमन भने होटलको रंगमन्चमा केक काटेर तथा अनावश्यक फजुल खर्चगरेर जन्मदिन मनाउनुको सट्टा समाजमा रहेका दुखी पीड़ित र दीनदुखीको भोंक मेटाउन,नांगो ढाँक्न र अनाथहरुलाई सहयोग गरीउनिहरुको अनुहारमा खुसी देखाएदै जन्मदिन मनाउने संस्कार नै स्थापित गरेका छन ।
लकडाउन कै समयमा पनि दुवईमा रहेका समाजसेवी खड्काको पहलमा सहयोग जुटीरहेको छ । जसमा चिरन खड्का १५०दिराम,राकेश रायमाझी १००,भरत के.सी ६५,शक्ति पराजुली १००,दिल ब. हिताङ ६५,के.बि मगर १००,भुपेन्द्र राना ५०,अनिल जिसी५०,दिपक जिसी ३५,किसन कुमार २० कृष्ण कुमार २० मार्फत जम्मा भएको २४ हज़ार नेपाली रुपैया डिआरजी सुमन फ़ैन्स कल्वकाअध्यक्ष चिरन खड्का कै पहलमा दुवईमा जुटेको ७५० दिराम विभिन्न स्थानमा सहयोग गरिएको छ । 
पाणिनी गाँउ पालिका वडा नं ५ मा आयोजित सहयोग वितरण तथा डिआरजी सुमन को ३६ सौँ जन्मोत्सव कार्यक्रममा विश्वकर्माजनकल्याण समाज का अध्यक्ष खगेन्द्र विक,उपादक्ष्य डिलराज विक,महासचिव अमित विक, सदस्य गणेश विक,सदस्य सुभाष विक , सदस्य सुमन विक अर्घाखाँची डटकम् डेपुटी व्युरो दिपक भुसाल को उपस्थितीमा सहयोग हस्तान्तरण गरि जन्मदिन मनाउने काम सम्पन्नभएको छ । तस्वीर: माधव पन्थी/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु