अर्घाखाँची डट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक पक्षिय राजनीतिक दलका पत्रकारलाई बोलाएर आर्थिक वर्ष २०७६/०७७ काे वार्षिक प्रगति विवरण प्रस्तुतिकरण कार्यक्रम गरेको भन्दै जिल्लाका स्वत्रन्त्र पत्रकारहरुले विरोध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले बिहीवार एक पक्षिय राजनीतिक दलका पत्रकारलाई बोलाएर आर्थिक वर्ष २०७६/०७७ काे वार्षिक प्रगति विवरण प्रस्तुतिकरण कार्यक्रम गरेको भन्दै जिल्लाका स्वत्रन्त्र पत्रकारहरुले विरोध गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाको एक मात्र प्रमुख मिडिया अर्घाखाँचीडट्कमलाई समेत निमन्त्रण गरेको थिएन् । उक्त कार्यक्रममा सबै राजनीतिक दलका पत्रकारहरु मात्र उपस्थिती रहेका थिए । सो कार्यक्रमको डट्कमले स्रोतलाई उल्लेख गर्दै “सन्धिखर्कमा जिल्ला प्रशासन कार्यालयको वार्षिक प्रगति विवरण प्रस्तुतिकरण कार्यक्रम सम्पन्न ” शिर्षकमा समाचार प्रकासित गरेको थियो ।
यस्तै जिल्लाका पुराना पत्रकार, रेडियो अर्घाखाँचीका प्रमुख, डट्कमका पुर्व समाचार संपादक विनोद गैरेले जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलको हावी चलेको भन्दै व्यापक असन्टुष्टी राखेका छन् । उनले भनेका छन् जिल्ला प्रशासन कार्यालयमा हरेक काम गर्दा सत्ता र शक्तिका भरमा चल्ने, ठुला दलका पत्रकारको सबै चल्ने अन्यको केही नचल्ने भन्दै उक्त वार्षिक प्रगति विवरण प्रस्तुतिकरण कार्यक्रममा आफु नगएको बताएका छन् । पास लिनको लागि पनि सत्ता र शक्ति मात्र चलेको उलेख्ख गरेका छन् ।
उता अर्घाखाँची जिल्ला प्रशासन कार्यालय कार्यसम्पादनमा अति उत्कृष्टको सुची ए -प्लस ग्रेडमा कसरी पर्यो भन्दै जिल्लाबासीले प्रश्न उठाएका छन् । जिल्ला प्रशासन कोरोना लाग्छ भनेर तरकारी फाल्ने कान्ड, कोरोना – लकडाउन व्य्वस्थापना लगायतमा विवादित हुँदै आएको छ । भने जिल्लाका जनप्रतिनिधीहरुले जिल्ला प्रशासन कार्यालयको काम प्रति असन्टुष्टी व्यक्त गर्दै आएका छन् ।
विनोद गैरेले सामाजिक संजालमा यस्तो पोस्ट गरेका छन्-