बाँगीखोलामा अबैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन, हजारौं घर जोखिममा

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको बाँगीखोलामा अबैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन भएको भन्दै स्थानियले सरकारको ध्यानाकर्षण गराएका छन् । जसले गर्दा हजारौं घर जोखिममा रहेका छन।
जिल्ला सदरमुकाम सन्धिर्खकको काखमा रहेको बाँगी खोलाबाट दिनहुजसो अबैध रुपमा उत्खनन् हुँदापनि नियन्त्रणमा कसैको नजर नपुगेको भन्दै स्थानियले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
निरन्तरको अबिरल बर्षासंगै बढेको खोलाले आसपासका बस्ती जोखिममा परेको र उत्खनन्ले थप समस्या निम्त्याएको भन्दै सन्धिखर्क नगरभित्रका ५ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुले जिल्ला प्रशासन र सन्धिखर्क नगरपालिकाको ध्यानाकर्षण गराएको उक्त टिमका प्रतिनिधि पशुपति ढकालले जानकारी दिएका छन ।
निरन्तरको झरीले खोलाको पारिपारी बस्ने सयौं घर समस्यामा परेकोले तटबन्द गर्नुपर्ने र अबैध उत्खनन् रोक्नुपर्नेमा कसैको नजर नपुगेको अर्का प्रतिनिधि सुकदेव वेल्वासेले बताएका छ्न।  

अन्य समाचारहरु