अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जुवाखालमा छापा हान्दा फरार भएका मध्ये अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वडाध्यक्ष नारायण खड्काले आफु सन्धिखर्कमा नभएको बताएका छन् ।
खड्काले राती १०।३० बजे मालारानी ४ मखातामा रहेका जानकारी गराउदै फेसबूकमा पोस्ट गर्दै आफुलाई सामाजिक सन्जालमा मलाई बदनाम गराउने कोसिस गरेको भन्दै समाचारको विश्वास नगर सबैलाई अनुरोध गरेका छन् ।
उनले लेखेका छन् – राजनितिक रिसिबिको बदला लिन सामाजिक सन्जालमा मलाई बदनाम गराउने कोसिस बिगतमा धेरै भए हुदा हुदै आज अपमानित शब्द परयाेग गदै फरार भन्ने समाचारलाई बिस्वास नगर्नु हुन सबै साथीहरूलाई जानकारी गराउदै म आफ्नै ब्याक्तिगत काम बिषेशले गर्दा मालारानी ४ मखातामा भएकाे जानकारी गराउदछु ।
शनिबार सन्धिखर्कको साथी होटेलबाट जुवाखालमा छापा हान्दा हाेटल साथीबाट ५६,५७५ रुपैया सहित ५ जना जुवाडेहरू रङ्गेहात पक्राउ परेका थिए ।
जसमा यौन दुर्व्यवहार गरेको गम्भिर आरोपमा मुद्दा खेपेका सहयोगी बिसी भन्ने लिल बहादुर बिसी, नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क र कृष्ण भुसाल लगायतका जुवाडेहरू रङ्गेहात पक्राउ परेका प्रहरी निरीक्षक प्रकाश खत्रीले अर्घाखाँचीडट्कमलाई बताउनु भयो ।
उनिहरु सन्धिखर्कको एक होटलमा प्रहरीले जुवाखालमा छापा हान्दा जुवाडेहरू रङ्गेहात पक्राउ परेका हुन् ।
जुवा खेलिरहेकाे अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना जुवा खेलिरहेकाे अवस्थामा भेटिएका थिए । जसमध्ये कृष्ण घम र राजिव खत्री (शाेभाखर) फरार रहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ । उनीहरुको खोजीकार्य तिब्र पारीएको प्रहरीले जनाएको छ । उता यसअघि सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वडाध्यक्ष नारायण खड्काको पनि नाम लिईएको थियो ।
पक्राउ परेका र फरार अभियुक्तलाई प्रचलित ऐन कानून बमोजिम कानुनी प्रकृया अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो ।