सन्धिखर्कबाट रङ्गेहात पक्राउ परेका जुवाडेहरूलाई प्रहरीले भोली सार्वजनिक गर्ने, फरारको खोजीकार्य तिब्र

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  जुवाखालमा छापा हान्दा ५ जना जुवाडेहरू रङ्गेहात पक्राउ परेका छन् । 
सन्धिखर्कको साथी होटेलबाट यौन दुर्व्यवहार गरेको गम्भिर आरोपमा मुद्दा खेपेका सहयोगी बिसी भन्ने लिल बहादुर बिसी, नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क र कृष्ण भुसाल लगायतका जुवाडेहरू रङ्गेहात पक्राउ परेका प्रहरी निरीक्षक प्रकाश खत्रीले अर्घाखाँचीडट्कमलाई बताउनु भयो । 
उनिहरु सन्धिखर्कको एक होटलमा प्रहरीले जुवाखालमा छापा हान्दा हाेटल साथीबाट ५६,५७५ रुपैया सहित जुवाडेहरू रङ्गेहात पक्राउ परेका हुन् । 
फरार रहेका सबैको खोजीकार्य तिब्र पारेको छ । भने रङ्गेहात पक्राउ परेका जुवाडेहरूलाई भोली सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले बताएको छ । 
जुवा खेलिरहेकाे अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना जुवा खेलिरहेकाे अवस्थामा भेटिएका थिए । जसमध्ये सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शाेभाखर) फरार रहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ । उनीहरुको खोजीकार्य तिब्र पारीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका र फरार अभियुक्तलाई प्रचलित ऐन कानून बमोजिम कानुनी प्रकृया अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो । 
वडाध्यक्ष नारायण खड्का मालारानीमा 
जुवाखालमा छापा हान्दा फरार भएका मध्ये सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वडाध्यक्ष नारायण खड्काले आफु सन्धिखर्कमा नभएको बताएका छन् ।
खड्काले राती १०.३० बजे मालारानी ४ मखातामा रहेका जानकारी गराउदै फेसबूकमा पोस्ट गर्दै आफुलाई सामाजिक सन्जालमा मलाई बदनाम गराउने कोसिस गरेको भन्दै समाचारको विश्वास नगर्न सबैलाई अनुरोध गरेका छन् । 
उनले लेखेका छन् – राजनितिक रिसिबिको बदला लिन सामाजिक सन्जालमा मलाई बदनाम गराउने कोसिस बिगतमा धेरै भए हुदा हुदै आज अपमानित शब्द परयाेग गदै फरार भन्ने समाचारलाई बिस्वास नगर्नु हुन सबै साथीहरूलाई जानकारी गराउदै म आफ्नै ब्याक्तिगत काम बिषेशले गर्दा मालारानी ४ मखातामा भएकाे जानकारी गराउदछु ।
तर प्रहरीले फरार रहेका सबैको खोजीकार्य तिब्र पारेको छ । 

अन्य समाचारहरु