अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कको एक होटेलमा जुवाखालमा छापा हान्दा फरार भएका ३ जना जुवाडेहरू अझै फेला परेका छैनन् ।
प्रहरी निरीक्षक प्रकाश खत्रीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार सन्धिखर्कको होटेल साथीमा फरार ३ जना सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्का, कृष्ण घम र राजिव खत्री (शाेभाखर) आईतबार दिनभर खोज्दा फेला परेका छैनन् ।
वडाध्यक्ष नारायण खड्काले हिजो राती १०.३० बजे मालारानी ४ मखातामा रहेका जानकारी गराएको लोकेशनमा खोजी गर्दा उनलाई फेला पार्न नसकेको खत्रीले बताउनु भयो । हिजो साँझदेखि आईतबार दिनभर जिल्लाका सन्धिखर्क, मालारानी लगायत सिमा क्षेत्रमा कडाई गरी खोजी जारी राखेपनी प्रहरीले उनिहरुलाई फेला पार्न नसकेको प्रहरीले बताएको छ ।
फरार भएका ३ जना जुवाडेहरू पकाउ गर्न विषेश सर्च अभियान अनुसार शंका लागेका खोजी कार्य जारी राखेको छ ।
खड्काले आफु मालारानी ४ मखातामा रहेका जानकारी दिदै फेसबूकमा पोस्ट गरेका थिए र आफुलाई सामाजिक सन्जालमा मलाई बदनाम गराउने कोसिस गरेको भन्दै समाचारको विश्वास नगर सबैलाई अनुरोध गरेका थिए ।
उनले लेखेका छन् – राजनितिक रिसिबिको बदला लिन सामाजिक सन्जालमा मलाई बदनाम गराउने कोसिस बिगतमा धेरै भए हुदा हुदै आज अपमानित शब्द परयाेग गदै फरार भन्ने समाचारलाई बिस्वास नगर्नु हुन सबै साथीहरूलाई जानकारी गराउदै म आफ्नै ब्याक्तिगत काम बिषेशले गर्दा मालारानी ४ मखातामा भएकाे जानकारी गराउदछु ।
शनिबार सन्धिखर्कको साथी होटेलबाट जुवाखालमा छापा हान्दा हाेटल साथीबाट ५६,५७५ रुपैया सहित ५ जना जुवाडेहरू रङ्गेहात पक्राउ परेका थिए ।
जसमा सहयोगी बिसी भन्ने लिल बहादुर बिसी, नवीन क्षेत्री, रामबहादुर पन्थी, पदम बि.क र कृष्ण भुसाल लगायतका जुवाडेहरू रङ्गेहात पक्राउ परेका थिए । उनिहरुलाई सार्वजनिक नगरि म्याद थप गरि मुद्दा दायर गर्ने तयारी गरेको खत्रीले बताउनुभयो ।
जुवा खेलिरहेकाे अवस्थामा १ जना जनप्रतिनिधि सहित ८ जना जुवा खेलिरहेकाे अवस्थामा भेटिएका थिए ।
पक्राउ परेका र फरार अभियुक्तलाई प्रचलित ऐन कानून बमोजिम कानुनी प्रकृया अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो ।