अर्घाखाँचीमा अबदेखि बिना माक्स बाहिर निस्कनेलाई हरेक पटक १०० रुपैया जरिवाना गरिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा अबदेखि बिना माक्स बाहिर निस्कनेलाई हरेक पटक १०० रुपैया जरिवाना गरिने भएको छ । 
जिल्ला प्रशासन कार्यालयले बिहीवार एक सुचना जारी गर्दै जिल्लामा अबदेखि बिना माक्स बाहिर निस्कनेलाई हरेक पटक १०० रुपैया जरिवाना गरिने भएको हो ।  
त्यस्तै  मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाइका साथ पालनाका लागि कडाइका साथ प्रस्तुत हुन पनि अर्घाखाँचीका जिल्ला प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । 
मापदण्ड नमान्नेलाई दण्ड जरिवाना गर्ने र उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारवाही गरिने मन्त्रालयले जनाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयले  मानिसहरुले स्वास्थ्य मापदण्ड नअपनाएकाले त्यसको अनुगमनमा कडाइ गरी कारवाही थालेको जनाएको छ ।  

अन्य समाचारहरु