अर्घाखाँचीकी एक महिला बुटवलमा भएको दुर्घट्नामा गम्भिर घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल  । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ बल्कोटकी एक महिला बुटवलमा भएको दुर्घट्नामा गम्भिर घाइते भएकी छिन् । 
 बुटवल उपनगर पालिका वार्ड नम्बर – १३ बेल्बासमा हिजो बुधवार राती ८ बजे लु २१ प ५८४३ नम्बरको मोटरसाइकलले लु ३६प १०८८ नम्बरको स्कुटीलाई ठक्कर दिदा बल्कोटकी ४० वर्षिया मन्जु पौडेल गम्भिर घाइते भएकी हुन् । मन्जु स्कुटीको पछाडि बसेकी थिइन् । स्कुटी चालकलाई केही भएको छैन् ।  
घाइते मन्जु लुम्बिनी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ । 
ठक्कर दिने मोटरसाइकल र चालकलाई नियण्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु