प्रकासित मिती- २२ साउन, २०७७ बिहीवार
अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची, २२ साउन । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ५ वाङ्लाको रिङ्दीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वाङ्लाको रिङदीमा आफ्नै घरको कोठामा बिहीवार बिहान करिब साढे ७ बजे तार सर्ट भई करेन्ट लागी छत्रदेव गाउँपालिका वार्ड नं. ३ बल्कोटका ५१ वर्षिय तुल्सीराम पाण्डेको मृत्यु भएको हो ।
तार सर्ट भई अचानक करेन्ट लाग्दा घाईते भएका पाण्डेलाई जिल्ला अस्पताल अर्घाखाँची ल्याउने क्रममा मृत्यु भएको थियो । र अस्पतालका डाक्टरले बिहान ११.१५ बजे मृत्यु भएको घोषणा गरेका थिए ।
शब पोस्टमॉर्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो । पोस्टमॉर्टमपछि मुचुल्का उठाई घट्नाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
उता परिवारले भने बदेल मार्नका लागि आँफैले थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको भन्ने समाचार सत्य नभएको बताएको छ ।