सन्धिखर्कमा प्रहरीद्वारा ६५० जनालाई मास्क बितरण (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रहरीले मास्क बितरण तथा कोरोना भाईरसबाट कसरी बच्ने बारेमा सम्झाई बुझाई कार्यक्रम सम्पन्न गरेको छ । 
 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार “कोरोना भाईरस सम्बन्धि सचेतना मुलक कार्यक्रम” अन्तर्गत जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं. १ स्थित शान्ति बगौचा चोकबाट प्रहरी निरीक्षक राम नारायाण गुप्ताको कमाण्डमा १२ जनाको टोलीले ब्यानर, प्लेकार्ड, माईकिङ गर्दै, सन्धिखर्क बजारका व्यापारी, सर्वसाधारण, सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरुलाई कोरोना भाईरसबाट कसरी बच्ने भनि अं. ३४०० जनालाई सम्झाई बुझाई तथा मास्क नभएका ६५० जनालाई मास्क बितरण गरिएको हो । 
साथै यसको जिङ्गल बनाई व्यापक प्रचार प्रसार समेत गरिएको थियो ।

अन्य समाचारहरु