अराज बेल्बासे
ठाडा, अर्घाखाँची । देश काेराेना माहामारीले गर्दा तर्सित छ बिविन्न जिल्लाहरुले आफ्नै तरिकले राेकथामकाे प्रयास गरिरहेका छन् । विभिन्न जिल्लामा निषेधाज्ञा भएका छन् त कहि सिल अर्घाखाँचीकाे छिमेकी जिल्ला कपिलबस्तु देशकै बढि प्रभाबित मध्येकाे जिल्ला हाे । भने अर्घाखाँची सम्बेदनशितलकाे हिसावले अगाडि तर राेकथामकाे प्रयासभने खासै प्रभावकारी देखिदैन् ।
सुरुवाद देखिनै अर्घाखाँचीमा खासै माहामारीकाे रुपमा फैलिएन तर सावधानीकाे हिसावले अहिले समुदाय स्तरमा काेराेना देखिए पनि अर्घाखाँचीमा प्रवेश समेत कुनै राेकावट छैन् । सार्वजनिक सबारी सञ्चालनमा आएका छन् । त्याे पनि उच्च जाखिम माेल्दै र यात्रुबाट सरकारले ताेके भन्दा दुई, तिनगुना बढि भाडा लिइएर ।
यति बेला अर्घाखाँचीमा घुम्न आउनेहरुकाे संख्या बढेकाे छ खासगरी कपिलबस्तुकाे सिमा क्षेत्रबाट माेटरसाइकलमा तथा सवारीसाधनमा दर्जनौं ब्यक्तिहरु खुल्लमखल्ला रुपमा आए पनि प्रशासनले खासै चासाे दिन सकेका छैन्न भने गाडीमा यात्रुहरु पथ्थरकाेटमा सट्टिपट्टि गर्ने गर्दा काेराेना सर्ने जाेखिम झनै जाखिम छ । प्रहरीले अर्घाखाँचीकाे सिमा क्षेत्र पथ्थरकाेट माथी दरवारे डाँडाेमा सन्धिखर्कबाट आउने सवारी राेक्छ र कपिलबस्तुबाट प्रवेश गर्ने पनि राेक्छ र त्यहि प्रहरीकै अगाडि यात्रु सट्टिपट्टी हुन्छन र यात्रा सुरु गर्छन प्रहरीले माथीका यात्रु तलका गाडीमा पठाए पछि ठुलै युद्ध जिते जस्तै गर्छन् र यात्र फेरि दाेस्राे पटक सुरु हुन्छ ।
सरकारले जाेखिम हेरी सार्वजनिक सवारी सञ्चालन गर्न भनेकाे छ भने १५ प्रतिशत भाडा बढि लिन पाउने ब्यवस्था गरेकाे छ । १ सिटमा अनिवार्य १ जना हुनुपर्ने ब्यवस्था भए पनि देउराली यातायातकाे हाइसहरुले सन्धिखर्कबाट आउदा ६ सय देखि १ हजारसम्म भाडा उठाउने गरे पनि प्रहरी प्रशासन माैन छ ।
सवारीले प्रहरी चेकपाेस्ट अगाडि आधा यात्रु ओराल्ने र प्रहरी पाेस्ट भन्दा २ सय मिटर अगाडि चढाउने गरे पनि ठाडा प्रहरी कार्यालयमा खेलेयाम छाड्ने गरिएकाे छ । एउटा गाडीमा १५ जना भन्दा बढि प्रहरी पाेस्ट अगाडि झार्ने र अगाडि चढाउने गरे पनि प्रहरीले सामान्य चेकजाँच गरेर छाड्ने गरेका छन् । यसले गर्दा भिडभाड गाडीबाट काेराेना माहामारी अर्घाखाँचीमा पनि फैलिन सक्ने भन्दै जिल्लाबासी त्रसित भएका छन् ।