अर्घाखाँचीमा डिभिजन वन कार्यालयद्वारा ८ वटा बाघको जिउँदै उद्दार गर्ने समासेवी प्रेम खड्कालाई उच्च सम्मान (भिडियो, फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । सामुदायिक वन दिवसकाे अवसरमा डिभिजन वन कार्यालय अर्घाखाँचीले साहासिक पुर्वक ८ वटा बाघ जिउँदै समाती उद्दार गरेको भन्दै समाजसेवी प्रेम खड्कालाई पुरस्कार सहित सम्मान गरेको छ । 
सामुदायिक वन दिवसकाे अवसरमा डिभिजन वन कार्यालय अर्घाखाँचीले आयाेजन गरेको कार्यक्रममा जिउँदै बाघ समाती उद्दार गरेको भन्दै समाजसेवी प्रेम खड्कालाई १० हजार रुपैया पुरस्कार सहित सम्मान गरेको हो । यस्तै सो अवसरमा विभिन्न विधामा उकृष्ट  हुनेहरूलाई  सम्मान गरिएकाे छ ।
खड्काले जिल्लाका विभिन्न ठाउँमा पुगी साहासिक पुर्वक जिउँदै बाघ समाती उद्दार गर्दै आएका छन् ।
पुरस्कार वितरण कार्यक्रममा बाेल्ने बत्ताहरूले वन क्षेत्रकाे सरक्षण गरि समाज विकासमा भरपुर्ण उपभाेग गर्नुपर्नेमा जाेड दिएका थिए ।
यसरी मन्तव्य राख्नेहरूमा जिल्ला समन्वय समितिका सभापति पिताम्वर भुसाल,उपप्रमुख ऋषि पुलामि, प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल,सामुदायिक वन उपभोक्ता महासघ केन्द्रीय सदस्य ईश्वरा प्राेखरेल,नेपाल पत्रकार महासघ उपाध्यक्ष गणेश खनाल ,पुरस्कृत हुने मध्येबाट प्रगतिशील सामुदायिक वनका अध्यक्ष केशव घर्ती लगाएतका हुनुहुन्थ्यो ।
कार्यक्रम डिभिजन वन कार्यलय प्रमुख शिव शर्माकाे अध्यक्षता सहयाक वन अधिकृत शिला प्राेखरेलकाे सञ्चालनमा सम्पन्न भएकाे छ ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख,सामुदायिक वनका पधाधिकारी,कर्मचारी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

अन्य समाचारहरु