गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा शसस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई स्वागत र शसस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीलाई एक समाराेहका विच विदाई गरिएकाे छ ।
कार्यक्रममा विदाई हुने रेग्मीद्वारा अनुभुति जन्य भनाई तथा नवअागन्तुक महर्जनले जिल्लाकाे विकासमा आफु लागि पर्ने प्रतिबद्धता व्यत्त गर्नुभयाे ।
कार्यक्रममा जिल्ला न्यायाधीश बासुदेवन्याैपाने,प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल,नेपाल रेडक्रस साेसाईटी सभापति कुशल भुसालले मन्तव्य राख्दै दुवै शसस्त्र प्रहरी नायव उपरीक्षकहरूकाे कार्य सफलताकाे शुभकामना दिनुभएकाे थियाे ।
कार्यक्रम सस्थाका अध्यक्ष विशेष नापी कार्यलय अर्घाखाँचीका प्रमुख खिम रानाकाे अध्यक्षता,सहसचिव शिला प्राेखरेलकाे सञ्चालन सम्पन्न भएकाे छ । कार्यक्रममा कार्यलय प्रमुख,सघ सस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।