सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा रहेको बिशेष नापी कार्यालय यस बर्ष पनि देशभर नापनक्सा गर्ने कार्यालयहरु मध्ये सर्वोकृष्ट बन्न सफल भएको छ ।
बिश्वब्यापी फैलिएको कोरोना रोगका बाबजुद पनि अर्घाखाँची जिल्लामा रहेको बिशेष नापी कार्यालयले उत्कृष्ट कार्य गर्दै थोरै जनशक्तीका बाबजुद पनि प्रत्यक्ष देखिने गरि बिबाद रहित काम गर्न सफल भएको हो ।
बिशेष नापी कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुखको रुपमा अर्घाखाँची हंसपुर निबासी कुसल सवछ छबिका सबैका प्रिय कार्यालय प्रमुख उपसचिव खिम राना कार्यालयमा हाजिर भएदेखिनै प्रत्यक बर्ष बिशेष नापी कार्यालय मुल्यांकनमा उत्कृष्ट हुँदै आएको हो ।
बिशेष नापी कार्यालय अर्घाखाँचीले जिल्ला भरको नाप नक्सा झन्डै ८० प्रतिशत काम सम्पन्न गरेको छ भने ६१ वार्ड मध्ये ३० वार्डहरुमा पुर्जा बितरण समेत गरिसकेको र अब धेरै ठाउँमा काम सकिने अन्तिम चरणमा रहेको तर कोरोनाका कारण सम्पन्न गर्न नसकिएको बिषेस नापी कार्यालय प्रमुख खिमरानाले जानकारी दिनु भयो ।
अर्घाखाँची जिल्ला भरको नाप नक्सा आउने बर्ष सम्पन्न गर्ने गरि काम दुर्त गतिमा अगाडि बढिरहेको रानाले बताउनु भयो । बिशेष नापी कार्यालय अर्घाखाँचीले जिल्ला भर नाप नक्सा गरिरहेको छ तर पनि कुनै पनि ठाउँमा कामका बिषयमा जनगुनासाहरु कहिबाट आउने गरेका छैन् ।
अर्घाखाँची जिल्लाबासी त्यसमा पनि सरल स्वभावका कुसल उपसचिव काम गर्न सक्ष्यम जिल्ला बासीले मन पराएकाका कार्यालय प्रमुख रानाले थोरै जनसक्तिमा पनि निकै ब्यबस्थापन गरि काम राम्रोसँग गराएपछि कार्यालयको कामको प्रगतिमा उत्कृष्टता आएको हो ।
अर्घाखाँची जिल्ला का सबै क्षेत्रमा क्रियासिल बिषेश नापी प्रमुख राना जिल्लामा रचनात्मक काम गर्न पर्छ गरेको काम गुणस्तरीय हुनु पर्छ जनगुनासा आउनु हुँदैन जनतालाई मुस्कान सहितको सेवा दिनु पर्छ गरेको कामको तत्काल प्रतिफल देखाउनु पर्छ भन्ने सोचका साथ काम गर्ने नमुना कार्यालय प्रमुख हुन ।
रानाले कर्मचारी मिलनकेन्दको जिम्मेवारी लिएपछि कर्मचारी मिलन केन्द अर्घाखाँची रचनात्मक काम गर्ने क्रियासिल सस्थाको रुपमा मिलन केन्द अगाडि बढेको छ ।