अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाको अमिलेकी ब्रेन ट्यूमर एक महिलालाई आर्थिक समस्या परेको छ ।
डिभर्नाको अमिलेकी ४१ वर्षिया ब्रेन ट्यूमर मिना कुवरलाई आर्थिक समस्या परेको हो ।
उहाँको छिटोभन्दा छिटो दोस्रो अप्रेसन भएता पनि आर्थिक समस्या पर्दा संकट परेको छ । मिनाको काठमाडौको न्युरो अस्पतालमा उपचार हुँदैछ ।
घरपरिवारले मिनालाई बचाईदिन सम्पूर्ण जिल्लाबासी लगायत देश विदेशमा रहेका नेपालीहरुसँग आर्थिक सहयोगको अपिल गरेका छन् ।
कसैले सहयोग गर्नुपरेमा ग्लोबल आइएमईइ बैंकको खाता नम्बर 4907010004254 (रुक्मिनी खनाल)मा सहयोग रकम जम्मा गर्न सकिनेछ । साथै थप जानकारी चाहिएमा राजु खनाल, रुकमिनी खनालको 9847228523 ,9847390760 ,9867212207
मा संपर्क गर्न सकिनेछ ।