अर्घाखाँचीडट्कम संवाददाता
जगत, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीको जगतमा टिप्पर दुर्घट्ना भएको छ ।
गाेरुसिंगे सडकखण्ड अन्तरगत जगतमा बुटवलदेखि बालुवा लिएर सन्धिखर्क तर्फ आउंदै गरेको लु २ ख ३०० नम्बरको टिप्पर दुर्घट्ना हुँदा टिप्पर चालक गम्भीर घाईते भएका छन् । टिपर चालक शितगंगा नगरपालिका वार्ड न १२ का ४२ बर्षका कृष्ण बहादुर कुँबर घाइते भएका हुन् ।
स-चालक भने झ्यालबाट हाम फालेर बच्न सफल भएका छ । घाइते कुँबरलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ । टिपर बाटो साघुरो चिफलिएर दुर्घटना भएकोे ट्राफिक प्रहरी यम बहादुर महतले जानकारी दिनुभएको छ टिपर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।