अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली। भारतको गुड़गांवमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर- ३ खनदहका एक जनाको किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
खनदहका रेउता बहदुर विकका १७ बर्षिय कान्छा छोरा बिमल बि.क झुण्डिएको अवस्थामा मृत फेला भारतको गुड़गांवमा परेका हुन् ।
बिमल आफुले काम गर्ने गुड़गांवको करेरत सेक्टर २२ मा रहेकोको कम्पनीको एक कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
स्थानिय प्रहरीले आत्महत्या गरेको बताएको छ । शवलाई पोस्टमार्टका लागि गुड़गांवको एक अस्पतालमा लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ ।