अर्घाखाँचीमा सडक पूर्वाधार विकास कार्यालयले गत आर्थिक बर्षमा ७२ % प्रगती हासिल गर्‍यो

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले गएको आर्थिक बर्षमा ७२ प्रतिशत प्रगती हासिल गरेको छ । 
बिश्वब्यापी फैलिएको कोरोना रोगका बाबजुद पनि बिसम परिस्थितिमा कुल बजेटको  ७३ प्रतिशत प्रगती हुनुलाई  मन्त्रालयको सुचिमा निकै राम्रो मानिन्छ  । 
मुलुकमा काम दुर्त गतिमा हुने बेला चैत्र ११ गते देखि लकडाउन भएपछि काम ठप्प भएका थिए केहि योजनाहरु बहुबर्षिय छन भने केहि योजनाहरुको म्याद थप गरि अहिले पनि काम चलिरहेको सडक पूर्वाधार विकास काकार्यालयर्यलय अर्घाखाँचीका डिभिजन प्रमुख बिनोद चौधरीले जानकारी दिनु भयो  । 
अर्घाखाँची जिल्लामा सडक पूर्वाधार विकास कार्यलय स्थापना भएको १ बर्ष पनि भएको छैन । बिगतका बर्षहरुमा गुल्मी जिल्लाबाट अर्घाखाँची पूर्वाधार हेर्ने गरिन्थ्यो भने गएको आर्थिक बर्षबाट यहाँ डिभिजन कार्यकार्यालयलय सुरु भएको हो  ।
 सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख बिनोद चौधरी सहितका प्राबिधिकहरुको रातदिनको खटाईले गर्दा गत  आर्थिक बर्षको चैत महिना देखि परिरहेको लगातार बर्षा र कोभिडका बाबजुद पनि ७२ प्रतिशत प्रगति हासिल गर्न र गुणस्तरीय बिबाद रहित काम गर्न कार्यलय सफल भएको हो  । 
कार्यालयमा जनशक्ति समेतको कमि छ प्राबिधिक कर्मचारीहरु रातदिन गरेर काम मा खटिने गरेका छन । सडक पूर्वाधार विकास कार्यलयले गत बर्ष पनि केही बहुबर्षिय योजनाहरुको टेन्डर आव्हान गरि काम अगाडि बढाएको र यस बर्ष बाट बल्कोट तम्घास सडक पिच गर्ने ठेक्का सम्झौता भईसकेको छ ।
 सडक पूर्वाधार विकास कार्यलय अर्घाखाँचीले सोचे जति उल्लेखनीय प्रगति गर्न कोभिडका कारणले नसकेको भएपनि ७२ प्रतिशत काम हुनु लाई निकै राम्रो मानिन्छ कोभिड समस्या नभएको भए पुर्वाधार कार्यलयले ९५ प्रतिशत भन्दा बढि काम सम्पन्न गर्ने अनुमान गरेको थियोे । 
सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख  बिनोद चौधरी राम्रो काम गर्ने ,विबाद रहित काम गर्ने , दिन रात खटेर काम गर्ने स्वछ्व छबिका कार्यलय प्रमुख हुन । 
आफै पिल्डमा नपुगि नापजाँच नगरि कामको बिल समेत चौधरीले भुक्तानी नगर्ने गरेको कर्मचारीहरु बताउछन । कसैको दवाब प्रभावमा नपरि काम गर्ने चौधरीले काम भने निकै गुणस्तरीय गराउने गरेका छन बहुबर्षिय सडकहरुको काम पनि सुरु गरिएको छ । 
चौधरी गुल्मी डिभिजनबाट अर्घाखाँची आएका डिभिजन प्रमुख हुन । चौधरीसँग कर्मचारीहरु निकै सन्तुस्ट छन् । काम राम्रो गराउन लगाउने गरेका कारण धेरै ठाउमा पूर्वाधार का कर्मचारी हरुको प्रसम्सा हुने गर्छ ।

अन्य समाचारहरु