एनआईसी बैंक सन्धिखर्कद्वारा अर्घाखाँचीडट्कम महिला प्रतिनिधिमाथि अपमान (उप्डेट)

प्रकासित मिती: भाद्र १ गते सोमबार, २०७७ 
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क,  अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको एनआईसी एसिया बैंक शाखाका म्यानेजरले अर्घाखाँचीडट्कमका प्रतिनिधि माथि समाचार लेखेको बिषयलाई लिएर अपमान गरेका छन् । 
सन्धिखर्कमा रहेको एनआईसी एसिया बैंक शाखाका म्यानेजर कृष्ण पौडेलले अर्घाखाँचीडट्कमका प्रतिनिधि माथि समाचार लेखेको बिषयलाई लिएर अपमान गरेका हुन् । 
पौडेलले डट्कममा आईतबार प्रकासित “अर्घाखाँचीका बैंक, वित्तीय संस्थाले किस्ता तिर्न भन्दै आतंक मच्चाए” शिर्षकको समाचारलाई लिएर आईतबार दिउसो बैंकमा अर्घाखाँची मिडिया हाउस प्रालीको सब्सक्राइब लगायतको बारेमा लेखेको पत्र लिएर गएका महिला प्रतिनिधि माथि अपमान गरेका थिए । 
पत्र लिएर गएका महिला प्रतिनिधिलाई हामीलाई डट्कम सट्कम हेर्नु छैन् । किन यस्तो न्युज लेखेको भनेर आक्रोसित हुँदै उक्त पत्र फिर्ता गरेका थिए । उनले त्यहाँ महिलासँग कसरी बोल्नु पर्छ भन्ने सम्मान, मान-मर्यादा समेत नगरि थर्काएका थिए । आक्रोसित पौडेलले डट्कममा प्रकासित समाचारको स्क्रीनसट देखाउदै डट्कम प्रतिनिधिलाई  बैंकबाट बाहिर निकालेका थिए ।    
अर्घाखाँचीडट्कमको ईतिहासमा महिला प्रतिनिधि अपमानित हुनुपरेको यो पहिलो घटना हो । साथै एनआईसी एसिया बैंकको नाममा लेखेको उक्त पत्र फिर्ता पौडेलले गरेता पनि अहिलेसम्म अर्घाखाँचीको ईतिहासमा अहिलेसम्म कुनै निजी, सरकारी कार्यालयले  पत्र फिर्ता गर्ने काम गरेका थिएनन् । 
नेपालको पहिलो नेपाली अन्लाईन मिडिया तथा जिल्लाको एक मात्र प्रमुख मिडियालाई सहयोग, सल्लाह सुझाव दिनुपर्नेमा एक निजी बैंकको शाखा प्रमुखले अपमान गरेको विषयलाई अर्घाखाँचीडट्कमले गम्भिर ध्यान आकर्षण भएको बताएको छ । यस बिषयमा एनआईसी एसिया बैंकको केन्द्रिय कार्यालयमा जानकारी गराइएको छ ।
भूमिकास्थान नगरपालिकाको नुवाकोट स्थित निमडाँडाका कृष्ण पौडेल हाल सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ हललाइनका बासिन्दा हुन् । उनी सन्धिखर्कमा केही वर्षदेखि कार्यरत छन् ।  
उता जिल्लाका अन्य बैंकले भने अर्घाखाँचीडट्कमले जिल्लामा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई फोन गरेर किस्ता तिर्न दबाब दिएर हैरान पारेका भनी लेखिएको समाचारलाई मिश्रित प्रतिक्रिया दिएका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले भने कसैलाई फोन नगरेको, दवाब नदिएको, पत्र नकाटेको बताएका छन् ।
अर्घाखाँची जिल्लाका सम्पूर्ण क्षेत्र ६ महिनादेखि ठप्प छन् । ऋणीहरुले यस संकटलाई बुझिदिन बैंक तथा वित्तीय संस्थाहरुले अनुरोध गर्दै आएका छन् ।   
Arghakhanchi.Com