अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ४१ औ सामाजिक सेवा दिवस एक कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रिय गाैरभ आजकाे प्राथमिकता, समृद्ध र सुखकाे लागि सामाजिक रूपान्तरण र उद्यमशीलता भन्ने नाराका साथ ४१ औ सामाजिक सेवा दिवस सन्धिखर्कमा एक कार्यक्रम गरी मनाइएको हो ।
गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी बिस्नु प्रसाद पौडेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सुरु
कार्यक्रमको ठाकुर प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सुरु गरिएको थियोे ।