सन्धिखर्कमा ४१ औ सामाजिक सेवा दिवसको अवसरमा गैरसरकारी संस्थाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सागर परियार 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सामाजिक क्षेत्र, राष्ट्रिय गौरभ आजको प्राथमिकता, समृद्ध र सुखको लागि सामाजिक रूपान्तरण र उद्यमशीलता भन्ने नाराका साथ ४१ औँ सामाजिक सेवा दिवस एक भब्य कार्यक्रम गरिएको छ । 
गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, समाज रपान्तरणमा नागरिक समाज संघसस्थाहरुले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । 
समाज विकास र सुधारका विभिन्न कार्यक्रमहरु ल्याउनको लागि आग्रह गर्दै नगरपालिकाले गर्ने सक्ने सहयोगमा कुनै पनि कमि नरहने विश्वास समेत दिलाउनु भएको थियो ।
त्यस्ते उपप्रमुख ठाकुर कुमार बिक  गैरसरकारी सघं सस्थाहरु सरकारको साझेदारी सस्थाको रुपमा काम गरि रहेको भन्दै आफ्ना क गतिविधिहरुलाई अझै मजबुद बनाउदै अगाडि बड्न सुझाव दिनु भयो ।  
प्रमुख जिल्ला अधिकारी बिस्नु प्रसाद पौडेल नागरिक समाज संघ संस्थाहरु वाच डकको रुपमा मात्रै काम नगरेर आफ्ना कर्तब्यहरु पनि भुल्न नहुने भन्दै आफ्ना क्रिृयाकलापहरु पारर्दशी र दवाफदेहिरुपमा अगाडि बढाउन आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा आई पास नेपालका प्रदिप अर्याल आफ्नो गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम ठाकुर प्रसाद अधिकारीको अध्यक्षता र राधा नेपालीको  सन्चालनमा सम्पन्न भएको  थियोे ।

अन्य समाचारहरु