अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । वर्षाका कारण अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ।
पहिरोले गोरूसिङ्गे–सन्धिखर्क सडकखण्ड, प्युठान – अर्घाखाँची सडकखण्ड, गुल्मी – अर्घाखाँची सडकखण्ड, पाल्पा – अर्घाखाँची सडकखण्ड लगायत जिल्लाभर गाउँ- गाउँका पहिरो गएपछि सडक अवरुद्ध भएको छ।
साथै सदरमुकाम सन्धिखर्क-किमडाँडा-धारापानी सडक खण्ड पनि पहिरोका करण अस्तव्यस्त भएको छ । जिल्लाभर विद्दुत सेवा अवरुद्ध भएको छ।
यस्तै मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको सातबिसेमा घरगोठमा पहिरो खस्दा २ वटा भैंसी मरेका छन् ।
बाँगीको प्युडाडा निबासी ड्बल प्रसाद भुसालको सातबिसेमा रहेको गोठमा हिज राति करिब ९ बजे पहिरो खस्दा २ वटा भैंसी मरेका हुन् ।
मानवीय क्षती भने नभएको बताइएको छ । मालारानी -५ का वडाअध्यक्ष शोभाखर भुसालले लगातार भइ रहेको बर्षामा सतर्क हुन समेत पालिकाबासीलाई आग्रह गरेका छन् ।
साथै भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको ठुलाखर्कमा थारोमा पहिरो खस्दा १ वटा बाख्रा मरेको छ ।
धारापानीको ठुलाखर्क निबासी सेती कामीको खरले छाएको थारोमा आज बिहान ८ बजे पहिरो खस्दा १ वटा बाख्रा मरेको हो ।
मानवीय क्षती भने नभएको बताइएको छ । थप अन्य विवरण आउन बाँकी रहेको छ।