सन्धिखर्कमा शुक्रबार ४ जना नयाँ संक्रमित थपिए, अर्घाखाँचीमा संक्रमित संख्या ४०१ जना पुग्यो, ३१ जना उपचाररत (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा शुक्रबार ४ जना नयाँ संक्रमित थपिएका छन् । जसमा २ जना पुरुष र २ जना महिला रहेका छन् । यो सँगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४०१  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ८१,  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ३९७ जना संक्रमित रहेका छन् ।     
सन्धिखर्कमा शुक्रबार १ जनाले कोरोन जितेका छन् । यो सँगै अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट शुक्रबारसम्म  ३६६ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ३१   जना उपचाररत छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ६९,  जना, शितगंगा नगरपालिकामा ६८,   भूमिकास्थान नगरपालिकामा ११६,   मालारानीमा ६९, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । 
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा शुक्रबारसम्म  १७४ जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १७४ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा २९  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ४८ जना रहेको छ ।   
  
साथै शुक्रबार दिउँसो ३ बजेसम्ममा ३  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४७  स्थानमा ९२२ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
शुक्रबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३१  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु