वाङ्लाकी कोरोना संक्रमित एक बृद्ध महिलाको मृत्यु,अर्घाखाँचीमा कोरोनाका कारण निधन हुनेको संख्या ५ पुग्यो

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाकी एक  बृद्ध महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ७९ वर्षीय बृद्ध महिलाको उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको हो ।
विगत ३ दिनदेखि ज्वरो आइ श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान ११ बजे अस्पताल ल्याइएकी  महिलाको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा पोजिटिभ नतिजा आएको थियो ।
 यो सँगै अर्घाखाँची जिल्लामा कोरोनाका कारण निधन हुनेको संख्या ५ जना पुगेको छ । 
यसअघि शितगंगा नगरपालिकामा २ जना जसमा एक जना आत्महत्या, भूमिकास्थान नगरपालिकामा १ जना र मालारानी गाउँपालिकामा १ जनाको कोरोनाका कारण निधन भएको छ ।     

अन्य समाचारहरु