सन्धिखर्कको शान्तीबगैँचामा प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको शान्तीबगैँचामा प्रहरीले नेपालीहरुको महान चाड दशै, दिपावली तथा छठ पर्वलाई ध्यानमा राखेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा जिल्ला सन्धिखर्कको शान्तीबगैँचामा नेपालीहरुको महान चाड दशै, दिपावली तथा छठ पर्वको समयमा मानिसहरुको आवागमन बढ्ने, सवारी साधनहरुको चाप बढ्दै जाने भई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको समेतमा असहजता हुन सक्ने, सवारी साधनहरुको अस्वभाविक प्रतिस्पर्धा हुन गई सवारी दुर्घटना समेत बढ्न सक्ने साथै हाल दिन प्रतिदिन बढ्दै गईरहेको कोरोना भाईरसको संक्रमण दर समेतलाई विशेष ध्यान दिई चाड पर्वको समयमा यात्रुहरुलाई आवश्यक सहयोग एवं सहजता पुर्‍याउन सक्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको हो । 
यात्रु सहायता कक्षको स्थापना कार्यक्रममा जिल्ला कार्यालयका प्रहरी निरीक्षक रामनारायण गुप्ता, जिल्ला ट्राफिक प्रहरी कार्यालय, अर्घाखाँचीका प्रमुख प्र.स.नि. लोकराज न्यैपाने लगायत अन्य प्रहरी कर्मचारी, विभिन्न यातायात समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, चालक, सहचालक तथा स्थानिय भद्रभलादमीको उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु