अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा ४ वटा भेन्टिलेटरसहित १० बेडको आइसियु आउने भएका छन् ।
अर्घाखाँची जिल्ला अस्पतालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएका ४ वटा भेन्टिलेटरसहित १० बेडको आइसियु केही दिनमा सन्धिखर्कमा आउने भएका हुन् ।
जिल्ला अस्पतालमा भेन्टिलेटरसहित आइसियु नभएको कारण विरामीहरुलाई जिल्लाबाट बाहिर जानु पर्ने बाध्यता थियो ।
अर्घाखाँची जिल्ला अस्पतालमा आउने ४ वटा भेन्टिलेटरसहित १० बेडको आइसियुको मुल्य २ करोड मुल्य बराबरका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ ।