नयाँ संविधान सम्बन्धी एमालेको अवधारणा विषयक कार्यक्रम सन्धिखर्कमा सम्पन्न

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

सन्धिखर्क, अर्घाखाँची – नेकपा एमाले जिल्ला कमिटि अर्घाखाँचीको आयोजनामा नयाँ संविधान सम्बन्धी नेकपा एमालेको अवधारणा विषयक अन्तरकि्रया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले समयमै संविधान निर्माण हुनुपर्नेमा जोड दिनुभएको थियो ।

नेकपा एमाले अर्घाखाँचीका सचिवालय सदस्य एवं पार्टी स्कुल विभाग प्रमुख बुद्धि बहादुर रायमाझीले पॆश गर्नुभएको अवधारणा पत्र माथि राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झवीलाल थापा, एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार वि.सी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति कृष्ण खनाल, राप्रपाका जिल्ला अध्यक्ष देवि बहादुर खडका, राप्रपा नेपालका ध्रुब भुसाल, प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेल, सामुदायिक रेडियो अर्घाखाँचीका स्टेसन म्यानेजर विष्णु आचार्यले सुझाव तथा टिप्पणी राख्नुभएको थियो ।

कार्यपत्र माथि नेपाल महिला संघका जिल्ला अध्यक्ष शुसिला खनाल, बार एशोसीएसनका खेमराज खनाल, प्राध्यापक संघका सभापति माधव राज चुँदाली, उपभोक्ता मन्चका कृष्ण भण्डारी, होटल व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष पदम क्षेत्री, कर्मचारी मिलन केन्द्रका बलराम मिश्र लगायतले टिप्पणी राख्नुभएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामजी प्रसादको घिमीरेको अध्यक्षता सचिव दलबहादुर भट्टराईको संचालन र उपसचिव कुलदिप भुसालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ । 

अन्य समाचारहरु