दोस्रो महान चाड तिहार पर्सीबाट शुरु हुँदै, सन्धिखर्क लगायत जिल्लाभर कम चहलपहल (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना महामारीको जोखिमले यस वर्ष हिन्दूहरुको दोस्रो महान चाड बडा दिपावली तिहार पर्सीबाट शुरु हुँदै छ । पर्सी काग तिहार तर तिहार लागि घर जाने यात्रुहरूको कमीका कारण सन्धिखर्क बसपार्कहरू गत वर्षभन्दा कम चहलपहल छ । 
दोस्रो महान चाड  तिहार पर्सीबाट शुरु हुँदै, सन्धिखर्क लगायत जिल्लाभर कम चहलपहल (फोटो फिचर)
विगतमा तिहार शुरू नहुँदै सन्धिखर्क बसपार्कमा चहलपहल शुरू भइसक्थ्यो। तर, यसवर्ष बसपार्क क्षेत्र सुनसान छ। यस्तै काठमाडौं, बुटवलमा पनि जिल्लाबासी घर आउने नाउने निस्चित गरेका छैनन् ।  
दोस्रो महान चाड  तिहार पर्सीबाट शुरु हुँदै, सन्धिखर्क लगायत जिल्लाभर कम चहलपहल (फोटो फिचर)
यात्रुहरू तिहारका लागि भन्दा पनि काम विशेषले मात्रै बाध्यताले यात्रा गर्नुपरेको बताउँछन्।  गोरुसिङे, काठमाडौं, बुटवल बसपार्कमा पनि यात्रुहरूको चाप देखिदैन । 
देउसी भैलो खेल्न निषेध 
उता जिल्लामा  तिहार, छठ, कार्तिक शुक्ल पूर्णिमा लगायतका चाडवाडहरु शान्तिपुर्ण तरिकाले घरमै मनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 
दोस्रो महान चाड  तिहार पर्सीबाट शुरु हुँदै, सन्धिखर्क लगायत जिल्लाभर कम चहलपहल (फोटो फिचर)
जिल्ला प्रशासन कार्यालयका अनुसार भिडभाडले कोरोना महामारीको अवस्था झन बिग्रीन सक्ने भन्दै  जिल्लावासीलाई संयमित रहि पर्व मनाउन अनुरोध गरेको हो ।  
यस्तै जिल्लाभर देउसी भैलो खेल्न निषेध गरिएको छ ।  
जिल्ला प्रशासन कार्यालयका अनुसार तिहार र छठमा पटाका, विस्फोटक पदार्थ तथा प्रज्जवलनशिल पदार्थको प्रयोगलाई निषेध गरिएको छ । दिपावलीमा दिप, लाईटर, सलाई जस्ता आगो जन्य वस्तु बालबालिकाबाट टाढा राख्न समेत अनुरोध गरिएको छ ।
यस्तै जिल्लामा मादक पदार्थको अवैध कारोबार, जुवातास माथि प्रतिबन्ध लगाईएको छ । बालबालिकालाई सवारी चलाउन नदिन साथै लाईसेन्स भएकहरुलाई समेत ट्राफिक नियमको पालना गरी गाडी चलाउन जिल्लाका सुरक्षा निकायहरुलाई निर्देशन दिईएको छ ।
सर्वसाधारणलाई सुरक्षासंग सम्बन्धित कुनै जानकारी भएमा जिल्ला प्रहरीको फोन  ०७७-४२०२९९ / ९८५७००५५५५  वा सशस्त्र प्रहरीको मो. न.  ९८५१२७२०५७ / ९८५१२७२५३८  मा सम्पर्क गर्न भनिएको छ । 

अन्य समाचारहरु