अर्घाखाँचीमा बाबुराम भट्टराईले भने- कम्युनिस्ट आन्दोलन भन्दा माथी उठेको छु पतन भएको हैन्

दिपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जनता समाजबादीका नेता तथा पुर्व प्रधानमन्त्री डा . बाबुराम भट्टराईले आफू कम्युनिस्ट आन्दोलन भन्दा माथी उठेको बताएका छन् ।
आज बिहान सन्धिखर्कमा गरिएको पत्रकार सम्मेलनमा उनले जनता समाज बादि पार्टिको स्थापना यसैको उदाहरण भएको बताए । हिमाल पहाड तराइ को समिश्रण भएको यो पार्टी वास्तविक रास्ट्रिय पार्टी भएको ठोकुवा गरे ।
उनले सरकारको कदमको बिरोध गर्दै   संसद विघटन पुर्णतया अलोकतान्त्रिक र पश्चगामी कदम भएको बताए ।
देस गम्भीर मोडमा भएको उल्लेख गर्दै भट्टराईले बर्तमान प्रधानमन्त्री र रास्ट्रपतिको कदम संविधानको धारा ७६ को बिपरित भएको कुरामा  दुबिधा नरहेको बताए ।
संसद बाट बैकल्पिक सरकार गठन गर्ने सम्भावना भएसम्म विघटन गर्न नहुने तर बिकल्प रहदा रहदै पनि शक्तिको आडमा  यो कदम चालिनु सरासर गलत र संबैधानिक विधि बिधान बिपरित भएको उनको तर्क छ ।
पुर्व प्रधानमन्त्री भट्टराईले अब देशमा दुई वटा परिदृष्य देखिएको उल्लेख गर्दै पहिलो परिदृष्यमा जहाँ बाट बाटो बिरायको हो तेहि फर्किएर  संसदको पुनःस्थापना  गरि धारा ७६ अनुसार सरकार गठन गर्ने चार बटा इस्टेप पुण रूपमा पालना  गर्नुपर्ने यदि त्यो सम्भब नभएको खण्ड मा बल्ल निर्वाचन मा जानुपर्ने उनले बताए ।
यदि त्यसो हुन नसकेमा खतरनाक परिदृश्यको रुपमा निर्वाचन पनि  हुन नसक्ने  र तेस्तो अबस्थामा संविधान मा संकट पर्ने र सोही  बाहानामा  देश  मा संकटकाल लगाउने सम्भावना पनि आउनसक्ने उनले उल्लेख गरे । यदि तेसो  भएमा अस्थिरताको मौका छोपी आन्तरिक र बाह्य दुबै शक्तिको चलखेल बढ्न गै देश गम्भीर मोडतर्फ जान सक्ने हुनाले बेलैमा सबै लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्ने डा . भट्टराईको भनाइ छ । देशमा संबैधानिक कु गर्दा  सत्ता पक्षले संबैधानिक अंगहरुपनी  प्रभावमा पार्ने  भएकोले पुरणतया बिस्वास गर्ने अबस्था पनि नरहेको उनको तर्क छ ।
अहिलेको अबस्थामा पत्रकार, नागरिक समाज ,आम नागरिक लगायत सबै सचेत रहन आबस्यक भन्दै भट्टराईले यो संबैधानिक कदमको विरुद्ध सशक्त आबाज उठाउन सबैलाइ अपिल गरे ।
नेता भट्टराई  ले लोकतन्त्र का चार खम्बा संघीयता , लोकतन्त्र ,गणतन्त्र , धर्म निरपेक्ष हुन भन्दै यी चार खुट्टा मध्य  एक खुट्टा पनि कमजोर भएमा लोकतन्त्र कमजोर पर्ने तर ओलि सरकार क्रमश सबै खुट्टा भाचिदिने  अभियानमा लागेको उनले पत्रकार सम्मेलनमा आरोप लगाए ।
जनता समाजबादी पार्टीले आज माघ २० गते सन्धिखर्कमा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । त्यसको पुर्वसन्ध्यामा बिहान प्रेस नेपालको आयोजनामा पत्रकार सम्मेलन गरिएको थियो ।

अन्य समाचारहरु