अर्घाखाँचीडट्कम संवाददाता
अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालीका वार्ड नम्बर ७ अडगुरीको झन्द्रेक एक्ले खर्कका एक युवा भारतको पन्जाब लुधियानाबाट बेपत्ता भएका छन्।
अडगुरीको झन्देक एक्ले खर्कका चन्द्र बहादुर राहुलका कान्छो छोरा मानु राहुल भारतको पन्जाब लुधियाना लेबर कोलोनि गिल चोकबाट गत फेब्रुअरी २८ गते अर्थात फागुन १६ गते बेपत्ता भएका हुन् ।
पन्जाब लुधियाना लेबर कोलोनि गिल चोकदेखि हिडेका राहुल अझै पनि केही आफन्तको सम्पर्कमा नरहेको बताइएको छ। विबाहित का श्रीमती र २ छोरा- छोरी छन् ।
उनी पन्जाब आएको ८ वर्ष बढी भएको छ । उनलाई कसैले देखेमा नजिकको थाना वा देव ब. राहुल ९८१५५७८९५५, विष्णु टन्डन ७६९६८३९४६१ कृष्ण महत्रा ९८८८५२७५६६ गकुल सारु ९८१४३८०७०५ मा संपर्क गर्न सकिने छ ।