अर्घाखाँचीमा माओवादी केन्द्र निकट महिला संघ क्रान्तिकारीको प्रशिक्षण भेला सम्पन्न

अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची २८ चैत  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ने.क.पा ( माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी अर्घाखाँचीको प्रशिक्षण भेला शनिबार सम्पन्न भएको छ । 
कार्यक्रम  पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बि क (किशोर )को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै नेता विकले बर्तमान व्यबस्थामा परिबर्तन ल्याउनको लागि महिलाहरुको ठुलो योगदान रहेकोे बताउदै परिबर्तनका उपलब्धीलाई सबै मिलेर रक्षा गर्नुपर्ने बताए । 
विकले बर्तमान सरकारले महिलालाई हेर्ने द्धृष्टिकोणमा परिबर्तन ल्याउन नसक्दा महिलाहरु अझै पनि बलत्कारको शिकार बन्न बाध्य भएकोले सरकारले कडा कानुनको व्यबस्था गनुपर्ने बताउनुभएको थियो । 
कार्यक्रममा अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिव तथा प्रदेश उपाध्यक्ष सरस्वती न्यौपाने, प्रदेश उपाध्यक्ष छम कुमारी खनाल चिनारी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष एनबी  पाण्डे अनेम संघ क्रान्तिकारी केन्द्रीय शारदा खनाल, प्रदेश सदस्य माधबा भुसाल, कमला रेस्मि , पार्टीका जिल्ला कमिटी सदस्य कृष्ण हरी भुसाल, भेष बहादुर के सि, डिलाराम पाण्डे, वाइ सिएल नेपाल का केन्द्रीय सदस्य लुम्बिनी प्रदेश सह इन्चार्ज ठाकुर शौराग आदर्श,  जिल्ला इन्चार्ज कृष्ण बहादुर सारु,नेपाल पत्रकार महासंघ अर्घाखाँची का नब निर्बाचित अध्यक्ष अशोक खनाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै सविधान महिलामैत्री भएतापनि कागजमा मात्र सिमित रहेकोले सबै मिलेर व्यबहारमा लागु गनु पर्ने बताए  । 
कार्यक्रम अनेमसघ  क्रान्तिकारी केन्द्रीय सचिबालय  सदस्य तथा  जिल्ला संयोजक  कमला भण्डारी भुसालको अध्यक्षता प्रदेश सदस्य सिता बि क को सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु