माओवादीको आम हड्तालकमा कारण आम मान्छेको जनजीवन प्रभावित

काठमाडौ, वैशाख १९ – माओवादीले आयोजना गरेको आम हड्तालकमा कारण बजार व्यवसाय, यातायता नचलेपछि आम मान्छेको जनजीवन प्रभावित भएको छ । जरुरी काममा जानेहरु जानेहरु पैदल हिंडिरहेका छन् । आम हड्ताल लम्बिंदै गएमा खाद्यन्नलगायतका कुराहरु अभाव हुने आशंका बढेको छ ।

आम हड्ताल सफल पार्न आइतवार बिहान पांचै बजेदेखि हजारौं माओवादी कार्यकर्ता खटिएका छन् । बिभिन्न चोकहरु, मन्त्रालय आगडि तथा सडकमा उनीहरुले नारावाजी गरिरहेका छन् ।

हातमा हांसिया हथौडा अंकित भण्डा र टाउकोमा पनि रातै झण्डा बांधेका कार्यकर्ताहरुले बिभिन्न स्थानहरुमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकै कारण राजधानीको यातायात, ठप्प छ । बजार व्यवसाय बन्द छ । हजारौं सवारी गुड्ने राजधानीको सडक बिहानदेखि नै सुनसान छ ।

काठमाडौंको कलंकी, पद्मोदय, कोटेश्वर, बानेश्वर गंगोब,ु ठमेल भोटाहिटी, माइतिघर ठमेललगायतका प्राय साना ठूलो चोकहरु माओवादी कार्यकर्ताहरुको प्रदर्शनस्थ लबनेको छ । चोकहरुमा नारावजी मात्र भइरहेको छैन । नाचगान पनि चलिरहेको छ । यद्यपी माओवादी कार्यकर्ताहरुले पार्टी केन्द्रबाट शान्तिपूर्ण आन्दोलन गर्न निर्देशन आएका कारण त्यसरी प्रदर्शन गरेको स्पष्ट पारेका छन् । प्रदर्शनकारीहरुको संख्या बढ्दै गएको छ ।

प्रदर्शनमा रहेका माओवादी कार्यकर्ताहरुले कुटनीतिक नियोग, पत्रकार, राष्ट्र संघीय नियोग, दुध बोकने ट्याङ्कर, एम्बुलेन्स, अस्पतालको गाडी, पानी बोक्ने ट्याङ्कर, फोहर बोक्ने गाडीलाई प्रदर्शनकारीहरूले बाटो खोलेर चल्न दिएका छन् । तर, भीड बढ्दै गएका कारण त्यस्ता सवारी आवगमनमासमेत समस्या हुन थालेको छ ।