अर्घाखाँचीडट्कम संवाददाता
दिल्ली, भारत (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका वार्ड नम्बर २ मरेङको रानीचौरका एक जनाको कोरोना संक्रमणका कारण उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्ली स्थित नोयडामा निधन भएको छ ।
मरेङको रानीचौरका ५३ वर्षिय लाल बहादुर नेपालीको सोमबार हृदयघातका कारण दिल्लीमा निधन भएको हो ।
लाल बहादुरका भन्जा कमल नेपालीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार भारतको गृह मन्त्त्रालयको काम गर्दै आएका उनको समयमा अक्सिजन नपाउदा निधन भएको थियो । दिल्ली नजिक गुरुग्राममा बस्दै आएका नेपालीलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
मृतकको दिल्लीमा दाहसंस्कार गरिएको छ ।
२३ दिनको अवधीमा १० जनाको मृत्यु
उता अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार तथा विवरण अनुसार योसँगै भारतमा गत चैत्र ३१ गते यता २३ दिनको अवधीमा विभिन्न कारणले १० जनाको मृत्यु भएको छ ।
मालारानी गाँउपालिका वार्ड नम्बर ५ बाँगीको कुजेरीका ४५ वर्षिय श्री किसन थापाको वैशाख २० गते सोमबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।
शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडा हटियाका राम बहादुरका ३३ वर्षिय साईलो छोरा सुभास कुमारको गत वैशाख १७ गते शुक्रबार हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।
नुवाकोटको चिचौरका ३७ बर्षिय दिपक सुनारको गत वैशाख ११ गते शनिबार कोरोना संक्रमणका कारण उपचारको क्रममा नयाँ दिल्ली स्थित ग्रेटर कैलाशमा मृत्यु भएको थियो ।
यस्तै ढिकुराका भिम बहादुर सुनारका ३२ बर्षिय छोरा बिष्णु सुनारको वैशाख ११ गते शनिबार नै भारतको राजस्थानमा कोरोना संक्रमणबाट निधन भएको थियो ।
साथै २०७८ वैशाख ८ गते बुधवार मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको गोवदी सिरानका स्वर्गीय राम बहादुर खड्काका २६ वर्षिय छोरा विरेन्द्र खड्काको दिल्ली स्थित तिसहजारी भैरव मन्दिरमा निधन भएको थियो ।
यस्तै ढाकावाङको साम्नेगाउँका चुरामणी खनालका ४१ वर्षीय छोरा धनिस्वर खनालको वैशाख ६ गते सोमबार कोरोना संक्रमणका कारण भारतको दिल्लीमा निधन भएको थियो ।
साथै कोरोना संक्रमणका कारण वैशाख ५ गते आइतवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको बादखर्कका टामसोर भुसालका ४० वर्षका छोरा हुमप्रसाद भुसालको भारतको गुडगाउँमा मृत्यु भएको थियो ।
यस्तै हृदयघातका कारण गत चैत्र ३१ गते मंगलवार सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ९ अर्घाको मसनडाँडाका खुमान सिंह विकका ३७ वर्षिय माईला छोरा फर्सुराम पवन विकको भारतको कलकत्तामा निधन भएको थियो ।