अर्घाखाँचीमा कांग्रेसका पुर्व काेषाध्यक्ष प्रेम बहादुर कार्कीको निधन


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व काेषाध्यक्ष प्रेम बहादुर कार्कीको  कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
सन्धिखर्कको बैंक रोड निवासी ७८ वर्षिय कांग्रेस अर्घाखाँचीका पुर्व काेषाध्यक्ष प्रेम बहादुर कार्कीको बुधवार १२:३० बजे अर्घाखाँची जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  
कार्की लामो समय कांग्रेस अर्घाखाँचीका पुर्व काेषाध्यक्ष पदमा थिए । उनको निधनपछि कांग्रेस जिल्ला का. सभापति शान्ता भण्डारीले एक विज्ञप्ती निकाली दु:ख प्रकट गर्नुभएको छ ।   
कार्की चार दिन अघि कोरोना संक्रमण पुष्टी भएका पुरुष मधुमेहका बिरामी थिए । यो सँगै जिल्लामा गत वर्षदेखि हालसम्म काेराेना संक्रमणका कारण २७ जनाको ज्यान गएको छ । 

अन्य समाचारहरु