सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमित थपिएका छन् । जुन लकडाउन शुरु भएपछि पहिलो पटक कमी आएको हो । यसअगाडि ४० जना माथि दैनिक संक्रमित थपिएका थिए ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३८० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८६ जना, भूमिकास्थान नगरपालिकामा १०२, शितगंगा नगरपालिकामा १७, मालारानी गाउँपालिकामा ३१, पाणिनी गाउँपालिकामा २२ र छत्रदेव गाउँपालिकामा ३० जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १,२१७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५७५ जना, भूमिकास्थान नगरपालिकामा २४६, शितगंगा नगरपालिकामा १२९, मालारानी गाउँपालिकामा १२५, पाणिनी गाउँपालिकामा ५७ र छत्रदेव गाउँपालिकामा ८५ जना संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म ८०९ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३८३ जना, भूमिकास्थान नगरपालिकामा १३९, शितगंगा नगरपालिकामा ११०, मालारानी गाउँपालिकामा ८९, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५५ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको रेकर्ड अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३० जनाको ज्यान गएको छ ।