काठमाडौ, वैशाख २४ – अमेरिकाले माओवादीलाई आम हड्ताल फिर्ता लिन आग्रह गरेको छ । दक्षिण तथा मध्यएसीया हेर्ने सहायक विदेशमन्त्री रोवर्ट ओ.ब्लेकले बिज्ञप्ति जारी गरी आम हड्ताल फिर्ता लिन वा स्थगित गर्न माओवादीलाई आग्रह गरेका हुन् ।
बिज्ञप्तिमा हड्तालले जनताको जनजीवन कष्टकर भएकोप्रति चिन्ता ब्यक्त गर्दै हिंसाका घटनाहरु बढ्न नदिन सचेत गराइएको छ । राजनीतिक संवादबाट सहमति निश्कनेमा अमेरिका विश्वस्त भएको भन्दै हदैसम्मको लचकता अपनाउन दलहरुलाई आग्रह गरिएको छ । अमेरिकाले दलहरुबीचको सहमति र सहकार्यबाट बर्तमान राजनीतिको गतिरोधको अन्त्य गर्न आग्रह गर्दै आएको छ ।



