अर्घाखाँचीका एमाले जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का मन्त्री बन्ने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का मन्त्री बन्ने भएका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार थप मन्त्रीहरु नियुक्ति गर्ने लिष्टमा राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका खड्का पनि रहेको बताइएको हो । 
स्रोतका अनुसार पूर्वमाओवादीको चित्त बुझाउनका लागि खड्कालाई मन्त्री बनाउन प्रधानमन्त्री ओली लागेका छन् । कुन मन्त्रालय दिने भन्ने अझैसम्म थाहा हुन सकेको छैनन् ।  प्रधानमन्त्री ओलीले अहिले आफूसँग रक्षा, गृह, कृषि तथा पशुपन्छी विकास, उद्योग बाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय राखेका छन् । 
थप मन्त्रीहरुको सम्भवतः आज साँझसम्म मन्त्री थपेर पद तथा गोपनीयताको शपथ गराउने तयारी ओलीको छ ।
खड्का गत २०७८ ज्येष्ठ १७ गते सोमवार सम्पन्न लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पराजित भएका थिए । विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेय विजयी भएका थिए ।  पाण्डेयले  खड्कालाई ५४६ मतभारले हराएका थिए
पाण्डेयले  ४१४० र खड्काले  ३५९४ मत पाएका थिए ।
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि गत वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए । 

अन्य समाचारहरु