अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ४५ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४०२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १३३ जना, भूमिकास्थान नगरपालिकामा ७१, शितगंगा नगरपालिकामा ९८, मालारानी गाउँपालिकामा २६, पाणिनी गाउँपालिकामा ४३ र छत्रदेव गाउँपालिकामा ३१ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २२२२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ९६५ जना, भूमिकास्थान नगरपालिकामा ४३२, शितगंगा नगरपालिकामा २८२, मालारानी गाउँपालिकामा २०३, पाणिनी गाउँपालिकामा १३५ र छत्रदेव गाउँपालिकामा २०५ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म १७६२ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ८१८ जना, भूमिकास्थान नगरपालिकामा ३४७, शितगंगा नगरपालिकामा १७३, मालारानी गाउँपालिकामा १६७, पाणिनी गाउँपालिकामा ८५ र छत्रदेव गाउँपालिकामा १७२ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ५८ जनाको ज्यान गएको छ ।
आईतबारको कोरोना विवरण यस्तो छ:
