अर्घाखाँची अस्पतालका विरामीलाई व्यवसायी प्रदीप मिश्रले छोरीको जन्मदिनको अवसरमा १ महिना निशुल्क खाना खुवाउने


 अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा उधोग बाणिज्य संघ अर्घाखाँचीका महासचिव प्रदीप मिश्रले आफ्नो छोरी सुप्रभा मिश्रको जन्मदिनको अबसरमा संक्रमित १ महिना निशुल्क खाना नास्ता सहयोग गर्ने भएका छन् । 
मिश्र हाड्वयरका प्रोपाइटर, उधोग बाणिज्य संघ अर्घाखाँचीका महासचिव  तथा नेपाल पत्रकार महासंघका साधारण सदस्य समाजसेवी प्रदीप मिश्रले आफ्नो छोरी सुप्रभा मिश्रको जन्मदिनको अबसरमा अर्घाखाँची अस्पतालको आइसोलेसन कक्षको एचडियुमा उपचारर्थ बिरामीहरुलाई आज जेष्ठ २३ गतेदेखि पिउने पानी र असार १ गतेदेखि  असार मसन्तासम्म १ महिना निशुल्क खाना नास्ता अन्डा दूध खुवाउने भएका हुन् । 
मिश्रले यस भन्दा अगाडि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री मार्फत ३० हजार बराबरको स्वास्थ सामाग्री समेत अर्घाखाँची अस्पताललाई पठाएका थिए । 
उता अस्पताल  बिकास  समिति अध्यक्ष श्रीकृष्ण  भुसाल  र अस्पताल  प्रमुख  डाः कपिल  गाैतम लगायतले मिश्र परिबार प्रती धन्यवाद आभार ब्यक्त गरेका थिए । 

अन्य समाचारहरु