अमित भट्ट
काठमाडौ । सिन्धुपाल्चोक बाढी पिडितका लागि चलचित्र निर्माण संस्था एबी इन्टरनेशनलले करिव ८ लाख बराबरको राहात सामाग्री लिएर गएको छ ।
बाढी पिडितका परिवारलाई केही हदसम्म राहात होस भनी उक्त संस्थाले चामाल , दाल , नुन , तेल , चाउचाउ , बिस्कुट , टेन्ट लगायतका खाद्यान्न देखि लिएर लत्ताकपडा लिएर गएको हो ।
सहयोगी मनहरुका साथै संस्थाका हरेक व्यक्तिले व्यक्तिगतबाट आर्थिक तथा खाद्य सामाग्री उठाएर पिडितको दैलो सम्म पुर्याउन लागेको उक्त टिमका अभियान्ता बताउछन ।
यो संस्थाले १ महिना देखि निरन्तर रुपमा सामाखुशी चोकमा निशुल्क खाना खुवाउदै पनि आइरहेको छ ।