अर्घाखाँचीडट्कम | अशोक खनाल
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका नयाँ प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापाले प्रहरी कसैको हतियार र मतियार नबन्ने बताएका छन् ।
जिल्लाका विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको परिचयात्मक कार्यक्रममा प्रहरी कसैको पनि हतियार र मतियार नहुने प्रस्ट पारेका हुन् ।
बिहिवार आफ्नै कार्यकक्षमा भएको अन्तरक्रिया कार्यक्रममा थापाले जिल्ला प्रहरी कार्यालयमा आउने कुनै पनि घटनालाई तत्काल दर्ता गर्नु पुर्ब अनुसन्धान नगरी, दर्ता नगरिने भन्दै सम्पुर्ण अपराधको कारण मध्यपान र लागुपर्दाथ भएको उल्लेख गर्दै अबैध रुपमा संचालित घरेलु मदिरा उत्पादन गर्नेहरुलाई पुर्ण रुपमा बन्द गराइने बताए ।
यस्तै थापाले मानिसहरुलाई कोबिडको कारण एकछाक कसरी खाने भन्ने पिडाको बेला जुँगा तास खेली मज मस्ती गर्नेहरुलाई अभियान नै बनाई पुर्ण रुपमा नियन्त्रण गरिने तथा सामाजिक संजाल कर्ता हरुले गलत ढंगले गलत सुचना प्रवाह गरेको पाइए तत्काल कार्बाहिको दायरामा ल्याउने भन्दै तत्काल समाजमा हुने गरेका आत्महत्या लाई न्यूनीकरण गर्न नागरिक समाज तथा विभिन्न संघ संस्था हातेमालो गरिने भन्दै प्रहरी मैत्री प्रहरी सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे ।



