– मान्बहादुर थापा/रेशम श्रेष्ठ, दुवई
१७ मे २०१० – युएइको फारनेक र्सर्भिसिजमा सेक्युरीटी गार्डका रुपमा कार्यरत प्रज्वल महर्जन जनवरी २३/२००९ का दिन कम्पनीको काम को क्रममा जादा सडक दुर्घटनामा परि र्घाईते भएका महर्जन लाई फारनेक र्सर्भिसिज को हेड अफीस दुवई अलकुजमा फारनेक नेशनल एल एल सी कम्पनीमा आवुधावी इन्सुरेन्स कम्पनी बाट प्राप्त युएइ दिराम ५० हजार र कम्पनी को तर्फाट १५ हजार गरी ६५ हजार दिराम ने.रु १३ लाख बराबरको चेक फारनेक कम्पनी का जनरल म्यानेजर मार्क्स ओवर्र्लिन ले हस्तान्तरण गरेको यूएई तर हाल नेपालमा रहेका हाम्रा अन्तरराष्ट्रिय प्रमुख प्रतिनिधि लाई दुबइ बाट उहाका सहयोगी बाट हामीलाई यो समाचार प्राप्त भएको हो ।
दुर्घटना परेदेखि अहिलेसम्म महर्जनको इजलासमा ८० हजार दिराम कम्पनीले खर्च गरेको र १६ महिनाको तलव यस अगावै दिईसकेको कम्पनीका एच. आर म्यानेजरले बताए ।
चेक हस्तान्तरण कार्यक्रममा नेपाली राजदुतावास का साथै नेपाली एकता समाजका अध्यक्ष मान बहादुर थापा र समाजसेवी कृष्ण ढकाल लाई आमन्त्रीत गरिएको भएतापनि कम्पनीको कार्यव्यसतताको कारण ले उहाहरुको उपस्थिती अगावै चेक हस्तान्तरण गरिएको कम्पनीका हेल्थ एन्ड सेफ्टी म्यानेजर सुधिर बाबुले जानकारी गराए ।
उहाको जानकारी अनुसार उक्त कार्यक्रममा कम्पनीका जनरल म्यानेजर मार्कुस आवर्र्लिन , सहायक जनरल म्यानेजर लुकार्सर् इगेन्मान, एच आर म्यानेजर अबदुल्ला अल मामुन, म्यानेजर सेक्युरीटी म्यानेजर मोहम्मद हसन लगायत उच्च तहका व्यक्तिहरुको उपस्थिती रहेको थियो । डक्टरको रिपोर्ट अनुसार २५ प्रतिसत डिस एविलीटी बताएको र कानुनिरुपमा उहाले २ लाख दिराम बरावर पाउनर्पर्ने बताएता पनि उनले धेरै समय पर्खिन नसकेको ले इन्सोरेन्स कम्पनी संग सम्झौता गरेका ले थोरै रकम पाएको उनका कम्पनी स्टाफ ले बताए ।
ललितपुर काठमाण्डौं का महर्जन संगै दुर्घटना मा परेका सोहि कम्पनीमा काम गर्ने बांकेका प्रेम प्रसाद सुनार शत प्रतिसत अपाङ्ग घोषित गरिएका सुनार लाई राजदुतावास र नेपाली एकता समाजका अध्यक्ष मान बहादुर थापा, समाजसेवी कृष्ण ढकाल को सक्रियता मा ने.रु ५० लाख दिलाएको थियो त्यसैलाई निरन्तरता दिदै प्रज्वल महर्जनले ने रु १३ लाख प्राप्त गरेका छन् ।
सो दुर्घटना पछि इन्सुरेन्स बाट क्षतिपर्र्ति दिलाउन कानुनि प्रक्रियालाई छिटो र सरल बनाउन बिशेष सहयोग पुर्याउने राजदुत अर्जुन बहादुर थापा, द्धित्तिय सचिव लोक बहादुर पौडेल, एकता समाजका अध्यक्ष मान बहादुर थापा र समाजसेवी कृष्ण ढकाल लाई प्रज्वल महर्जनले फोन मार्फ धन्यवाद दिएका थिए ।
उक्त कम्पनीमा अहिले २८२ जना नेपाली हरुले काम गर्दै आएको र नेपाली हरु काममा निकै मेहनती हुने गरेको र कामको बारेमा कुनै कम्लेइन नभएको ले अरु नेपाली कामदार बढाउन चाहेको कम्पनीका जि एम माकर्स ले बताएका छन् ।