चुत्राबेसीको पाणिनी वेद विद्याश्रमका वटुकलाई भुमिकास्थान नगरपालीकाद्धारा खाद्य सामाग्री सहयोग (फोटो सहित)


श्याम घिमिरे
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नम्बर २ चुत्राबेसीमा रहेको शिद्धेश्वर शिवालय मन्दिरमा आवाशीय रुपमा बस्दै आएका पाणिनी वेद विद्याश्रमका वटुकलाई भुमिकास्थान नगरपालीकाले खाद्य सामाग्री सहयोग गरेको छ । 
सहयोग सामाग्री आईतवार बिहान एक कार्यक्रमका बिच नगरप्रमुख रेशम थापाले हस्तान्तरण गर्नुभएको हो । नगरपालीकाले बिद्यालयमा अध्ययनरत वटुक र शिद्धेश्वर शिवालय मन्दिरमा आवाशीय रुपमा बस्दै आएका मन्दिरका पुजारी लगायत अन्य कर्मचारीलाई दैनिक भोजनको लागि खाद्य सामाग्री सहयोग गरेको हो ।
कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख थापाले लोपहुन लागेको संस्कृत भाषालाई जगाउन पाणिनि वेद विद्याश्रमले अहम भुमिका निर्वाह गरेको भन्दै संस्कृतिको रक्षा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नभयो ।
नगरपालीकाले दैनिक भोजनको लागी आबश्यक पर्ने चामल, दाल , आलु,तोरीको तेल गरी रु २५ हजार मुल्य बराबरको खाद्य सामाग्री सहयोग गरेकोे शिद्धेश्वर शिवालय सञ्चालक समितिका सचिब कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।
कक्षा १० सम्म संस्कृत बिषय पढाई भईरहेको पाणिनि वेद विद्याश्रममा अहिले ३५ जना बिद्यार्थी अध्ययनरत रहेको विद्याश्रमका प्रधानाध्यापक भेषराज पाैडेलले बताउनुभयो । बिद्यार्थी संगै बिहान साँझ गरि दैनिक झण्डै ८० जनाले भोजन गर्ने मन्दीरका पुजारी सुमन्त पोख्रेलले जानकारी दिनुभयो ।
यसैबिच शिद्धेश्वर शिवालय सञ्चालक समितिले पालीकाको रुपमा पहिलो पटक खाद्य सामाग्री सहयोग गर्ने भुमिकास्थान नगरपालीकालाई धन्यबाद ज्ञापन गरेको छ । समितिका अध्यक्ष नारायण प्रसाद खनालले पबित्र कार्यमा मनैदेखी सहयोग गर्ने भुमिकास्थान नगरपालीका लगायत सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक आभार सहित धन्यबात प्रकट गर्नु भएको छ । खनालले सहयोग गर्न चाहाने अन्य संघसंस्था तथा महानुभावहरुलाई सहयोगगर्न अपिल समेत गर्नुभएको छ ।

अन्य समाचारहरु