अर्घाखाँचीमा विप्लब नेकपाद्धारा वन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीलाई जनकारबाही गर्ने


प्रकाश भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा विप्लब नेतृत्वको   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सन्धिखर्क नगर कमिटीले वन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीलाई जनकारबाही गर्ने चेतावनी दिएको छ ।
मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा सन्धिखर्क नगर कमिटीले वन पैदावरका प्रतिनिधि, ठेकेदार र कर्मचारीलाई जनकारबाही गर्ने चेतावनी दिएको हो ।
असार  २१ गते भुमिकास्थानदेखि पोखरा लैजादै  गरेको लु १ ख ७८२२ र लु १ ख ४३४१ नम्बरका २ वटा ट्रकमा ओभरलोड गरि काठ लैजादै गर्दा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले आफ्ना युवाहरुलाई वनका कर्मचारीहरुले अभद्र व्यबहार गरेको बताएको थियो ।
नेकपा अर्घाखाँचीले प्रेस विज्ञप्तिमा भनेको छ;   सोधपुछ  गर्दा  भुमिकास्थान र सन्धिखर्क नगरपालिकाका सव डिभिजन वन कार्यालय प्रमुख हरि बहादुर थापा वन  पैदावरका उपाध्यक्ष , सदस्य, कर्मचारीहरुले अभद्र व्यबहार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर तत्काल काम रोकेर माफी माग्नु पर्ने र  उक्त घटना  प्रती माफी नमागे जनकारबाही गर्ने चेतावनी पनि दिएको छ  ।

अन्य समाचारहरु