अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा पहिलो पटक जनरल फिजिसियन (विशेषज्ञ) डाक्टर आउने भएका छन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्यले अर्घाखाँची जिल्ला अस्पतालमा पहिलो पटक जनरल फिजिसियन एवं विशेषज्ञ डाक्टर पठाउने भएको हो ।
लामाे समयदेखि बिशेषज्ञ डाक्टरकाे अभाव झेलिरहेकाे अर्घाखाँची जिल्ला अस्पतालमा । भने एक जना पनि विशेषज्ञ डाक्टर नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।
अर्घाखाँची अस्पतालमा आन्तरिक मेडिसिन, बाल रोग, स्त्री तथा प्रसूति, शल्य चिकित्सक, हाडजोर्नी, नशा रोग, रेडियोलोजिष्ट र जनरल फिजिसियन पद रिक्त छ । विशेषज्ञ नहुँदा यहाँ उपचार गराउन बिरामी कम आउने गर्दछन् ।
उता पछिल्लो समय जिल्ला अस्पतालमा विभिन्न उपकरण जोडिनुका साथै सुधार हुँदै गएको छ ।
अर्घाखाँची अस्पतालमा अधिकांश स्थानीय कर्मचारीमात्र रहेकाले स्वास्थ्य मन्त्रालयले पटकपटक सरुवा गरे पनि राजनीतिक शक्तिको आडमा पुरानै ठाउँमा फर्केर आउने गरेका जिल्लाबासी बताउन्छन् ।