निर्माणाधिन बिधालय भवन अलपत्र पारेपछी ब्यवस्थापन समितिद्वारा आन्दोलनको घोषणा

उमाकान्त पाण्डे गाउले – अर्घाखाँची टाईम्स अन्तरराष्ट्रिय प्रमुख प्रतिनिधि


तिन करोडको निर्माणाधिन बिधालय भवन अलपत्र भएपछि कपिलवस्तुको  गौतम बुद्ध उच्च माबिले  निर्माण प्रकि्रया सुचारु गराउन भन्दै पहिलो चरणको सर्घषको कार्यकम्र सार्बजनिक गरेको छ ।
 
  भारतिय राजदुतावासको  दुइ करोड अठहत्तर लाख छप्पन्न हजार आठसय पैतिस रुपैया आर्थिक सहयोगमा जिल्ला बिकास समिति कपिलवस्तु बाट  २०६४साल फागुनमा १८ महिनामा भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने कालिका लम्जुघ्काली ज्वाइन्ट भैन्चर सँग  सम्झौता भएको थियो ।


२०६६ चैत्र मसान्तमा सम्पन्न गरी सक्नु प्रर्ने उत्त परियोजनाको हाल सम्म ६० प्रतिसत काम सम्पन्न भएको बिधालयले जनाएको छ । निमार्ण कार्य बिगत पाँचमहिना देखि अलपत्र पारेपछि ठेकेदार बाबुराम शर्मा लाई मोबाइलमा र जिल्ला बिकास समिति जिल्ला प्रशासन कार्यालय लाइ लिखित तथा मौखिक काम कार्वाहि अगाडि बढाउन अनुरोध गरेपनि केहि उपलब्धि नभएपछि आन्दोलनको घोषणा गर्न बाध्य भएको ब्यवस्थापन समितिका अध्यक्ष पिताम्बर खनाले जानकारी दिनुभयो । प्रथम चरणको आन्दोलन अन्र्तगत जेष्ठ ६ गते बिहान १० बजे देखि ५ बजे कार्यालय समय सम्म जिल्ला बिकास समिति को कार्यालयमा धर्ना त्यसैगरी जेष्ठ १० गते बिहान ७ बजेदेखि ९बजे सम्म गोरुसिगें स्थित पूर्व पस्चिम लोक मार्गमा २ घण्टा कक्षा संचालन गर्ने जनाएको छ ।


   आन्दोलन लाई सहयोग गर्न सम्पूर्ण समाजसेवि राजनैतिक दल अभिभावक शिक्षक  बिधाथी सबैलाई बिधालयले अनुरोध गरेको छ ।