नेपालका मध्य तराईका जिल्लाहरुमा बन फँडानी तीव्र

नेपालका मध्य तराईका जिल्लाहरुमा बन फँडानी तीव्र बनेको छ।

चैत महिना यता वन फँडानीको क्रम तीव्र रुपमा बढेको बताइएको छ।


वनको तथ्यांक अनुसार रौतहट, सर्लाही र महोत्तरी जिल्लाको साढे तेह्र हजार भन्दा बढी हेक्टरको वन अहिले केही सय हेक्टरमा सीमित हुन पुगेको छ।


उदासीन


राजमार्गको दुईतिर रहेको वन अब नाम मात्रको बाँकी रहेको स्थानीय बासिन्दाहरु बताउँछन्।


उनीहरुले बन विनास रोक्ने निकाय उदासीन रहेको आरोप लगाएका छन्।


एकजना स्थानीय बासिन्दाले तीन महिनामा बन सखाप भएको बताइन्।


अभाव


बन जोगाउन हतियार र अधिकार दुवैको अभाव भएको वन अधिकारीहरु बताउँछन्।


अधिकारीहरु भन्छन् वन रक्षक भन्दा काठ तस्करहरु शक्तिशाली भएका छन्।


एकजना वन अधिकारी जीवन कुमार ठाकुर भन्छन्,