काठमाडौंमा दुई महिलाका साथबाट ३ लाख ८० हजार बराबरका लुटपाट

काठमाडौं, जेष्ठ ७ – दुई छुट्टा छुट्टै घटनामा बिहीवार दुई महिलाका साथबाट ३ लाख ८० हजार बराबरका लुटपाट भएको छ । बौद्धमा लुटेराको समूहले बिहिवार सवा दुई बजे एक महिलालाई लुटपाट गरेका छन् । लुटिने महिला रिना पौडेल हुन् । पौडेलले प्रहरीलाई गरेका उजुरीमा सडक पेटीमा हिंडिरहेको अवस्थामा लुटेराले पौडेलका काँधमा भिरेको व्याग लुटी फरार भएका थिए । लुटिएको व्यागमा तीन लाख नगद थियो ।

 

यसैगरी काठमाडौं महानगरपालिका-३४ नयाँबानेश्वर बस्ने ६५ वर्षिया रितुकुमारी प्याकुरेललाई अपरिचित व्यक्तिले वेहोस बनाई करिव ८० हजार रुपैयाँ बराबरको धनमाल लुटी लगेका छन् । बिहीवार दिउँसो १ बजे बानेश्वर चोकमा अपरिचित ब्यक्तिले फ्रुटी खान दिई बेहोश बनाई लुटपाट गरेको थिए ।

 

फ्रुटि खाएर बेहोस भएपछि हालसम्म नम्बर नखुलेको ट्याक्सीमा राखी लुटेराहरुले ठिमीस्थित वन कार्यालयको छेउमा लगी निजको साथमा रहेको करिव साढे २ तोला बराबरको सुनको गर-गहनाहरु लुटी भागेका थिए । पीडित महिलालाई प्रहरीले उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल गट्टाघरमा लगेको छ । दुवै घटनाका लटेराहरु बिहीवार साँझसम्म पक्राउ परेका छैनन् ।