मेघालय घटनाका कारण करिव ३ हजार बढी नेपाली भाषी विस्थापित भएका छन् । शनिवार सम्ममा यो संख्या दोव्वर हुन सक्ने अनुमान गरिएको छ ।
आसामको जयन्ती पहाडमा मात्रै करिव तीन हजार विस्थापित आश्रय लिएर वसेको आसामका पत्रकार तिल विश्वकर्माले जानकारी दिएका छन् । त्यस्तै मेघालाइन पुर्दुङ शिविरमा पनि करिव एक हजारको हाराहारीमा आश्रय लिएर वसेको गोर्खा जनमुक्ति मोर्चाका आसाम अध्यक्ष एनएल सुल्वाले जानकारी दिएका छन् । शिविरमा आश्रय लिएका मध्येकी एक रिमिना क्षेत्रीलाई उदृत गर्दै उनले दिएको जानकारी अनुसार त्यस क्षेत्रमा पनि खासीले आक्रमण गर्ने धम्की दिइरहेका छन् ।
मेघालय गोर्खा वेल्फेयर सेन्टरका सदस्य टीआर जोशीका अनुसार तनाव क्षेत्र र आसपासमा भारतीय अर्द्धसैनिक वल तैनाथ गरिएकोछ । तर, नेपाली भाषि माथिको आक्रमण जारी छ । उनका अनुसार खासी बिद्यार्थी युनियन(केएसयु) ले हालै जारी गरेको उर्दी फिर्ता लियो तर आक्रमण रोकिएको छैन ।